कान्तिपुर संवाददाता, काठमाडौ, अषाढ ९ - नेपाल उद्योग वाणिज्य महासंघको अनुशासन समितिले पूर्वअध्यक्ष एवं नेपाल उद्योग परिसंघका अध्यक्ष विनोद चौधरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । समितिको मंगलबार दिउँसो बसेको बैठकले चौधरीले 'सार्वजनिक रूपमा महासंघविरुद्ध दिएका अभिव्यक्तिबारे' जवाफ दिन आग्रह गर्दै पत्र पठाउने निर्णय गरेको सम्बद्ध स्रोतले बतायो ।
उत्पत्तिको प्रमाणपत्र जारी गर्ने महासंघको एकलौटी अधिकारलाई परिसंघको मागअनुसार वाणिज्य मन्त्रालयले कटौती गरेर परिसंघ र चेम्बर अफ कमर्सलाई पनि दिएपछि व्यावसायिक समुदाय विभाजित छ । समितिका सभापति एवं पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले पूर्वअध्यक्षहरूबीच पटकपटक बैठक डाकेर समाधानको प्रयास गरेका थिए ।
गत बिहीबार समितिको बैठक बस्ने भनिए पनि सहमति खोज्न पूर्वअध्यक्षहरूको अर्को बैठक भएको थियो । 'त्यसले पनि समाधान निकाल्न नसकेपछि अनुसासन समितिले स्पष्टीकरण माग्ने निर्णय गरेको हो,' समितिका एक पदाधिकारीले भने, 'पत्र भोलि (बुधबार) पठाउँछौं ।'
Tuesday, June 22, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment