Tuesday, June 22, 2010

श्रीमान जापान, श्रीमतिलाई बोक्सी आरोपमा चरम यातना

विष्णु घिमिरे/नयाँ पत्रिका, बुटवल, ७ असार : बोक्सी लगाएर ससुरा मारेको आरोप लगाउँदै रूपन्देहीकी एक महिलालाई आफ्नै परिवारले चरम यातना दिएको छ । मधवलिया-४ की ३१ वषर्ीया सविना खत्रीलाई सासू इन्द्रकुमारी, नन्द-आमाजुहरू लीला, शिला र रमा तथा देवर चित्रले कुटपिट गरी घाइते बनाएका छन् । उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइइरहेको छ ।
आफूलाई झुटो आरोप लगाएर परिवारका सबै सदस्य मिलेर चरम यातना दिएको सविनाले बताइन् । ०५३ मा पुरन खत्रीसँग बिहे गरेकी सविनाले ससुराको मृत्यु लगत्तैदेखि घरका अरूले यातना दिँदै आएको बताइन् । 'म अलच्छिन भएकाले पतिको मृत्यु भएको भन्दै सासूले यातना दिन थालिन्,' उनले थपिन्, 'पछि नन्द र देवरले समेत सधैँ कुटपिट गर्न थाले ।'

श्रीमान् जापानमा भएकाले आफ्नो पक्षमा बोलिदिने कोही नभएको उनले बताइन् । 'सहयोग गर्ने कोही भएन, अहिले यो अवस्था भयो,' सविनाले दुःख पोखिन् । परपुरुषसँग लागेकी छे भनेर विदेशमा रहेका श्रीमान्लाई खबर गर्ने र आप\mनो घरबार नै बिगार्न उनीहरू लागिपरेको पीडितको भनाइ छ । छिमेकीले पनि उनलाई पटक-पटक यातना दिइरहेको अवस्थामा आफूहरूले उद्धार गरेको बताएका छन् ।

सविनाकी १३ वषर्ीया छोरी मनीषाले पनि आमालाई यातना दिने क्रममा आफूले पनि धेरैपटक कुटाइ खाएको बताइन् । अस्पतालमा आमालाई कुरेर बसेकी मनीषाले पछिल्लोपटक अंकल, हजुरआमा र फुपूले इँटा, लौरो र लात्तीले कुटेर गम्भीर बताएको बताइन् । कुटाइबाट बेहोस भएकी मनीषाको उद्धार छिमेकीले खबर गरेपछि प्रहरीबाट भएको थियो ।

छिमेकी महिलाका अनुसार इन्द्रकुमारीले बुहारीलाई ससुरा खाएको मात्र आरोप लगाउँछिन्, उनले छोराको कमाइ खाएको र परपुरुषसँग लागेको आरोपसमेत लगाउने गरेकी छिन् । श्रीमान्को राम्रो कमाइ भए पनि परिवारका सदस्यले खानपिन तथा सम्पत्तिबाट वञ्चित गराउँदै यातना दिन थालेपछि मधवलियाको सलाई फयाक्ट्रीमा काम गरेर आफ्नो र छोरीको गुजारा चलाउँदै आएको सविनाले बताइन् ।

दैनिक परिवारले यातना दिने गरेको देखेपछि छिमेकीको पहलमा सविनालाई गत वैशाखदेखि सोही घरमा एउटा कोठामा खाने-बस्ने व्यवस्था मिलाइदिइएको छ । पटक-पटक प्रहरीमा उजुरी दिँदा पनि न्याय नपाएको गुनासो पीडितको छ ।

No comments:

Post a Comment