Tuesday, June 22, 2010

पोडेललाई प्रधानमन्त्री बन्न कसैले रोक्न सक्दैनः सिंह

८ असार, काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता प्रकाशमान सिंहले नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्दा रामचन्द्र पौडेललाई नै अघि सारिने बताउनुभएको छ ।
राजधानीमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा नेता सिंहले भन्नुभयो, ‘अब रामचन्द्र पोडेललाई प्रधानमन्त्री बन्न कसैले रोक्न सक्दैन ।’

उहाँले पार्टीको विधि, विधान, प्रक्रिया र पद्धतिबाहिर गएर प्रधानमन्त्री चयन हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस केन्द्रीय समितिको चार दिनसम्म चलेको बैठकको निष्कर्ष नै संसदीय दलका नेतालाई सर्वसम्मत प्रधानमन्त्रीका रुपमा अघि सार्ने हो । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुको भावना पनि त्यही छ । संसदीय दलको नेता नै सरकारको नेता हो । पौडेलको विकल्प छैन ।’

नेता सिंहले वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका सभासद्को भेलाको कुनै औचित्य नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘६०, ४० को मोडल पार्टी एकीकरणको अवधिभरका लागि मात्र हो । अब पार्टी एक भइसक्यो । पार्टी संसदीय दलको चुनावमा त्यो भंग भइसक्यो । सभासद् भेला गरेर पार्टीलाई विखण्डन र कमजोर गराउनुहुँदैन ।’

शिविरका लडाकुलाई सरकारको पूर्ण नियन्त्रणमा, वाइसिएलको अर्द्धसैनिक संरचना भंग र कब्जा घरजग्गा फिर्ता गरी नागरिक पार्टी नभएसम्म माओवादीलाई सरकारको नेतृत्व नदिइने उहाँको भनाइ थियो । (onlinekhabar)

No comments:

Post a Comment