१० असार, काठमाडौं । काठमाडौंको मैतिदेवीमा चितवन घर भएका विष्णु पाण्डेमाथि विहीबार विहान गोली प्रहार भएको छ । मैतिदेवी मन्दिर पछाडी विहान साढे दस बजे पाण्डेलाई लक्षित गरी दुई राउन्ड गोली प्रहार भएको थियो । मोटरसाइकल चढेका युवाहरुले गोली चलाएको प्रहरीले पुष्टि गरे पनि मानवीय क्षति नभएको स्पष्ट पारेको छ ।
गोली चलेको जानकारी पाएलगत्तै कमलपोखरीबाट प्रहरीको टोली मैतिदेवी पुगेको थियो । घटनास्थलबाट एक थान गोलीको खोका फेला परेको प्रहरीले जनाएको छ ।
गोली चलाउनेहरुको खोजीका लागि प्रहरीले चेकजाँच कडा पारेको छ । (onlinekhabar)
Wednesday, June 23, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment