२८ साउन, काठमाण्डौ । गृह मन्त्रालयले अमेरिकी सरकारको अफिस अफ द को-अर्डिनेटर फर काउन्टर टेररिजमद्वारा प्रकाशित कन्ट्री रिपोर्ट अन टेररिजम २००९ को हवाला दिई नेपालको सुरक्षा व्यवस्था र नेपालमा अन्तर्राष्ट्रिय आतङ्कवादीहरुको चलखेल हुनसक्ने सम्भावनाका विगत केही दिनदेखि विभिन्न
पत्रपत्रिकाहरुमा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
मुलुकभित्र हुनसक्ने कुनै पनि प्रकारको आतङ्कवादी गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता आपराधिक समूहलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत प्रतिक्रिया दिएको छ ।
उक्त कन्ट्री रिपोर्टमा, नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरुको लागि सुरक्षित स्थान रहेको देखिन आएन भन्ने शब्द स्पष्ट उल्लेख हुादाहुादै त्यसलाई बङ्ग्याई अर्को अर्थ लाग्ने गरी समाचारहरु प्रकाशित भएको पाइएको मन्त्रालयले स्पष्ट गरेको छ ।
विज्ञप्तिमा भनिएको छ- “नेपालको भूमिमा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि गर्ने छुट कसैलाई पनि छैन । ”
विज्ञप्तिमा नेपालको मौजुदा ऐन कानुनले कुनै प्रकारका आपराधिक समूहका गैरकानुनी क्रियाकलापलाई छुट नदिने र त्यस्ता समूहलाई कारबाही गर्न र आतङ्ककारी गतिविधिलाई नियन्त्रण गर्न सरकार कटिबद्ध र सक्षम रहेको उल्लेख छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सम्बन्धमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन -आइसिएओ) ले तोकिएको मापदण्डअनुसार व्यवस्था मिलाइएको र त्यहाँको सुरक्षामा कुनै कमीकमजोरी नभएको गृहमन्त्रालयले स्पष्ट पारेको छ ।
छिमेकी मुलुकलाई असर पर्ने कुनै पनि क्रियाकलाप नेपाली भू-भागमा हुन नदिन सरकार सदैब प्रतिबद्ध रहेको पनि गृह मन्त्रालयले जनाएको छ । रासस

No comments:
Post a Comment