Friday, August 13, 2010

माओवादीद्वारा शोरूम तोडफोड

भीम घिमिरे, काठमाडौ, श्रावण २८ - विराटनगर माओवादीले ऋणको किस्ता नबुझाएपछि ट्याक्टर खिचेर लगेको विराटनगर-५ मा रहेको पी आर टे्रडर्स एण्ड सप्लायर्स प्रा लिमा तोडफोड गरेको छ । सप्लायर्सको
सोनालिका ट्रयाक्टरको शोरूममा एकीकृत माओवादीका मोरङ जिल्ला इन्चार्ज शिवकुमार मण्डलको नेतृत्वको टोलीले शुक्रवार तोडफोड गरेको छ । घटनामा शोरूमका कर्मचारी दुर्गा बुढाथोकी घाइते भएका छन् । शोरूममा सामान्य क्षति पुगेको छ ।

पीआर टे्रडका निर्देशक कविन श्रेष्ठका अनुसार एक बर्ष अघि शिवकुमारका भिनाजु सिक्चली मण्डलले लगेको ट्रयाक्टरको केही रकम बाँकी थियो । मर्मतका लागि उक्त ट्याक्टर शोरूममा ल्याइएका बेला कर्मचारीले बक्यौता तिरेर तिरेर मात्र लैजानु भनेपछि विवाद भएको हो । ट्याक्टर लिन शिवकुमार मण्डल नेतृत्वको समूह आएपछि शोरूमसँग वादविवाद हुँदैगर्दा झडप भएको हो ।

निर्देशक श्रेष्ठले नियतवस शोरूम तोडफोड गरी कर्मचारीलाई कुटपिट गर्ने माओबादी कार्यकर्तालाई कारवाहीको माग गर्दै प्रहरीमा निवेदन दिएपनि लेनदेनको विवाद भएकाले आपसमा मिलाउनु भन्दै प्रहरीले दुवै पक्षलाई सम्झाएर पठाएको छ । माओवादी नेता मण्डलले भने ट्याक्टर लिन पुग्दा समान्य विवाद भएको बताएका छन् । (ekantipur)

No comments:

Post a Comment