Friday, August 13, 2010

कङ्ग्रेस अधिवेशन: कुन जिल्लामा को?

परिणाम आउने क्रम जारी, ४१ जिल्लाको प्राप्त-
गोविन्द परियार, काठमाडौं, साउन २८- कङ्ग्रेसको मिनी अधिवेशनका रुपमा लिइने जिल्ला अधिवेशन बिहीबार चार दर्जन जिल्लामा सम्पन्न भएको छ। केही
जिल्लाको निर्वाचन परिणाम बिहीबारै आएको छ भने केहीको आउने क्रम जारी छ। अहिलेसम्म ४१ जिल्लाको परिणाम प्राप्त भएको छ।

पछिल्लो परिणामअनुसार कास्की कङ्ग्रेसको जिल्ला सभापतिमा यज्ञबहादुर थापा विजयी भएका छन्। बिहीबारको निर्वाचनमा कसैले पनि बहुमत नल्याएपछि कास्कीमा आज पुन: मतदान भएको थियो। त्यस्तै नुवाकोटमा जगदीशनरसिंह केसी सभापतिमा निर्वाचित भएका छन्।

सङ्खुवासभामा तारामान गुरुङ र झापामा उद्धव थापा निर्वार्चित भएका छन्। केही जिल्लामा निर्वाचन हुँदैछ केहीमा शनिबार निर्वाचन तोकिएको छ भने केही जिल्लामा आन्तरिक विवादका कारण जिल्ला अधिवेशनको मिति तोकिएको छैन। नागरिकलाई प्राप्त पछिल्लो परिणाम निम्नबमोजिम छ-

कुन जिल्लामा को विजयी ?

झापा - उद्धव थापा
तनहूँ - ध्रुव वाग्ले
कास्की - यज्ञबहादुर थापा
स्याङ्जा - कमल पङ्गेनी
चितवन - विकास कोइराला
नवलपरासी - देवेन्द्रराज कँडेल
नुवाकोट - जगदीशनरसिंह केसी
ललितपुर - मदनबहादुर अमात्य
भोजपुर बालकृष्ण थापा
सुर्खेत - तप्तबहादुर बिष्ट
डडेलधुरा - कर्णबहादुर मल्ल
बाँके - अरुण कोइराला
कन्चनपुर - बहादुरसिंह थापा
सङ्खुवासभा - तारामान गुरुङ
ताप्लेजुङ - केशवप्रसाद दाहाल
पाँचथर - नरेन्द्रकुमार केरुङ
धनकुटा - मनोहरनारायण श्रेष्ठ
सिन्धुली - मोहनप्रसाद बराल
गोरखा - हरि घले
लम्जुङ - कृष्णप्रसाद कोइराला
म्याग्दी - रेशमबहादुर बानिया
रुकुम - मानबहादुर नेपाली
प्युठान - सुभाष केसी
सल्यान - गणेश चन्द
जुम्ला - मानव सेंजुवाल
ओखलढुङ्गा - प्रदीपकुमार सुनुवार
कालिकोट - कालिबहादुर साकारी
दोलखा - ताराबहादुर कोइराला
मुगु - ऐनबहादुर शाही
हुम्ला - जयपति रोकाय
मकवानपुर - रघुरमण न्यौपाने
बर्दिया - सञ्जय गौतम
दार्चुला - महादेव बडू
रामेछाप - रामचन्द्र खड्का
सुनसरी- राजीव कोइराला
उदयपुर - हिमाल कार्की
धादिङ - रामनाथ अधिकारी
दाङ - घनश्याम रेग्मी
खोटाङ - विष्णुकुमार राई
रौतहट - कृष्ण यादव
दैलेख - कृष्ण बिसी

काठमाडौंमा प्रधान र केसीबीच पुनः प्रतिस्पर्धा हुने
कङ्ग्रेसको काठमाडौं सभापतिमा चुनावी प्रतिस्पर्धामा रहेका चारै जना उम्मेद्‍वार कसैले पनि बहुमत नल्याएपछि शनिबार पुन: मतदान हुने भएको छ। काठमाडौंको सभापतिमा भीमसेनदाश प्रधान र राजेन्द्र केसी दुवैले बराबर ४ सय २१ मत प्राप्त गरेका छन्। काठमाडौंको कुल मतदाता १ हजार ३३ मा दुवै उम्मेद्‍वारको बहुमत नपुगेपछि शनिबार दुई उम्मेद्‍वारबीच पुन: प्रतिस्पर्धा हुने भएको हो।
उपसभापति प्रकाशमान सिंहले गैरनेवार समुदायका उम्मेद्‍वार केसीलाई समर्थन गरेपछि यहाँका नेवार उनीसँग रुष्ट देखिएका छन्।

सभापतिकै अर्का उम्मेद्‍वार लोकश ढकालले १ सय २५ र राजन केसी खत्रीले ६८ मत ल्याएका छन्। दोस्रो चरणको निर्वाचनमा दुवै उम्मेदवारले सिंह विपरितको गठबन्धनलाई समर्थन गर्ने सम्भावना रहेको काठमाडौं कङ्ग्रेसका एक नेताले बताए। प्रधान नेपाल प्राध्यापक सङ्घका पूर्व सभापति तथा काठमाडौं कङ्ग्रेसका यसअघिका सचिव हुन।

सभापतिको उम्मेद्‍वारी घोषणा गरेका निवर्तमान सभापति ध्यानगोविन्द रञ्जितले उद्‍घाटन सत्रबाट उम्मेद्‍वारी फिर्ता लिएका थिए।

सुनसरीमा कसैको बहुमत नआएपछि सहमतिमा राजीव कोइरालालाई सभापति चयन गरिएको थियो।(nagariknews)

No comments:

Post a Comment