Sunday, August 15, 2010

कङ्ग्रेस जिल्ला सभापति को कहाँ ?

गोविन्द परियार, काठमाडौं, साउन ३० - द्वन्द्वले एक दशकदेखि राजधानी र जिल्ला सदरमुकाममा खुम्चिएको कांग्रेसको संगठन यस पटकको अधिवेशनले पुनः फैलाएको छ। विगतमा अधिकांश सदरमुकाम
र जिल्ला नेताहरुको घरमा हुने क्षेत्रीय र गाउँ अधिवेशनहरु यस पटक सम्वन्धित क्षेत्र र गाउँमानै हुनले कांग्रेसको खुर्म्चीको संगठन फैलिएको ठम्याई कांग्रेस नेताहरुको छ।
केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला गाउ, क्षेत्र र जिल्ला अधिवेशनमा देखिएको परादर्शीता, स्वच्छ प्रजातान्त्रीक अभ्यास र कार्यकर्ताको उत्साहले समग्र पार्टी पक्तिमै 'पोजेटिभ भाइव्रेसन' ल्याएको बताउँछन्। 'कांग्रेसले एकै पटक गाउ, क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरी कार्यकर्तामा मात्रै होइन समग्र पार्टीमानै पोजेटिभ भाइव्रेसन ल्याएको छ' सिटौलाले शनिबार नागरिकसँग भने, 'कांग्रेसको इतिहासमै पहिलो पटक गाउदेखि केन्द्रसम्म निर्वार्चित पार्टीका संरचनाहरु स्थापना भएको छ।'

एक वर्ष अघिको महासमिति बैठकले गाउदेखि केन्द्रका सबै पार्टीको निकायलाई समावेशी बनाएपछि यो अधिवशन माफर्त कांग्रेसको सबै संरचनामा सिमान्तकृत समुदायको समेत प्रतिनिधित्व भएको छ। कांग्रेस नेता सिटौला क्रियाशिल सदस्यता विगतको भन्दा दोव्वर हुन र पार्टीको हरेक निकायमा दलित, जनजाति, मधेसी, महिला लगायतका समुदाय समेटीनुलाई महत्वपूर्ण उपलव्धिको रुपमा टिप्पणी गर्छन। 'यो अधिवेशनको मुख्य उपलव्धि भनेको समाजमा भएका कुनै पनि जाति र समुदाय कांग्रेसको संगठनभित्र समेटीनु हो' सिटौलाले भने।

तर पार्टीको संगठन र कार्यकर्ताहरुको काहर्षणलाई पार्टी नेतृत्वले इन्टेक राखिरहुन प्रमुख चुनौती रहेको तर्क उनको छ। 'कांग्रेसप्रतिको कार्यकर्ताको आकर्षणलाई बचाएर भिडवाट वचाउन पार्टीको नीति तथा कार्यक्रममा विषेश सुधार गर्नु पर्ने चुनौती थपिएको छ।'

माओवादी द्वन्द्व र त्यसले सृजना गरेको कठिनाईका कारण कांग्रेसका यस अघिको अधिकांश पहाडी र हिमाली जिल्लाहरुको अधिवेशन सम्वन्धित क्षेत्रमा हुन सकेको थिएन। कांग्रेस नेताहरु यस पटकको अधिवेशनले पार्टीलाई लामो समयपछि साच्चिकै जनता माझ पुर्‍याएको टिप्पणी गर्छन। तनहूँ कांग्रेसका नवनिर्वार्चित सभापति ध्रुव वाग्ले मृत प्रायः भएको कांग्रेसको संगठनलाई यो अधिवेशनले पुनर्जीवन दिएको बताउँछन्। 'विगतका दिनहरुमा कांग्रेसका संगठानिक गतिविधि जिल्ला सदरमुकाम र नेताहरुको घरमा समिति थिए' वाग्लेले नागरिकसँग भने, 'यस पटक भने कांग्रेसको साच्चीकै अधिवेशन भयो।'

वाग्ले जनतामा कांग्रेसप्रति जागेको उत्साह र भरोसालाई पार्टीको नेतृत्वले सहि नीति र कार्यक्रम दिएर थप उर्जा थप्नु पर्ने बताउँछन्। 'कांग्रेसप्रति बढेको युवा र सिमान्तकृत समुदायको आकर्षणलाई वचाएर पार्टीको शक्तिमा परिवर्तन गर्न पार्टीको केन्द्रीय नीति र नेतृत्वको महत्वपूर्ण भुमिका हुन्छ' वाग्ले भन्छन्, 'अव कार्यकर्ताले हाईन नेताले पार्टीका बारेमा सोच्नु पर्ने प्रश्न यस पटकको महाधिवेशनले अगाडी सारेको छ।'

वाग्ले पार्टीको संगठनमा समेटीएका कार्यकर्ताहरुलाई राजनीतिक र सांगठनीक हिसावले प्रशिक्षित गर्न सकिएन भने फेरी अर्को महाधिवेशनमा निराश हनुपर्ने अवस्था सृजना हुन सक्ने आशंका गर्छन। 'जनतामा लामो समयपछि डर र त्राश हटेकोले कांग्रेसप्रति आकर्षण वढेको हो तर यसलाई दिर्घकालिन पार्टीको हितमा संगठित गर्न पार्टीले आफ्ना 'कोर भ्यालु' र कार्यशैलीमा आमुल परिवर्तन गर्न आवस्यक छ' उनीको तर्क छ।

कांग्रेसले पहिलो पटक प्रत्येक्ष निर्वाचन माफर्त गाउँ, क्षेत्र र जिल्ला नेतृत्व चयन गरेको छ। नयाँ विधानमा गाउ, क्षेत्र र जिल्लाको नेतृत्व र केही पदाधिकारी निर्वाचन मार्फत चयन गर्ने व्यवस्था भएपछि अधिकांश जिल्लाहरुमा चुनावी प्रक्रिया माफर्त नेतृत्व चयन भएको छ। 'कांग्रेसले आफ्नो संगठनलाई पुरानो अवस्थावाट भन्दा माथि उठाउन यस पटकको अधिवेशन सफल भएको छ' इलाम कांग्रेसका नवनिर्वार्चित सभापति केशव थापाले भने, 'तर अव पार्टीले यसलाई मात्रै उपलव्धि नठानी आफ्नो दायित्व र कार्यकर्ताहरुको भावनालाई समेटर भावी कार्यदिशा तयार पानु पर्छ।'

शनिबार राती अवरसम्ममा अधिराज्यभरका ५६ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ। यि जिल्लाहरुमा सबैमा निर्वाचन माफर्त सभापति चयन भएका छन्। कांग्रेसको विधानमा जिल्ला सभापति, सचिव, कोषाध्यक्ष र दुई सदस्य निर्वाचन मार्फत चयन हुने व्यवस्था छ।

वाँके कांग्रेसका सभापति अरुण कोइराला पार्टीमा नयाँ पुस्ताको प्रवेशले पार्टीलाई वैचारीक र नीतिगत हिसावले पनि तिखार्नु पर्ने सन्देश दिएको बताउछन्। 'पार्टीमा नयाँ पुस्ताहरुको आकर्षणले विगतमा जस्तै नेताहरुको व्यक्तिवादी प्रवृत्तिलाई समाप्त पार्न सन्देश दिएको छ' कोइरालाले भने, 'अव पार्टीको नेतृत्वले कांग्रेसले अधिवेशन माफर्त प्राप्त गरेको उर्जालाई कमजोर पार्न सकृय शक्तिहरुलाई समाप्त पार्ने गरी पार्टीलाई परिमार्जित गनुपर्छ।'

विगत एक दशकदेखि कांग्रेसको संगठन र गतिविधि केन्द्र र जिल्ला सदरमुकाममा मात्रै सिमिति भएका थिए। 'धेरै समयपछि जनताका माझ प्रत्येक्ष सहभागि हुदा उनीहरुको कांग्रेसमाथिको आशालाई नजिकवाट बुझ्ने मौका पाइयो' कोइरालाले भने, 'जनताले कांग्रेसलाई सिंगो लोकतन्त्र र जनताको सुरक्षासँग हेरेका छन् त्यसैले उनीहरुका वास्तविक समस्यालाई नजिकवाट नियालेर पार्टीको भावी नीति र कार्यक्रम बनाउनु पर्छ।'

महिला प्रतिस्पर्धी नै भएनन्

गाउँ, क्षेत्र र केन्द्रमा महिलाहरुको प्रतिनिधित्व हत्त वढेपनि कांग्रेसको पचहत्तरै जिल्ला अधिवेशनमा एक जना पनि महिलाले सभापतिको लागि प्रतिस्पर्धा गरेनन्। जिल्ला राजनीतिमा देखिएका केही महिलाहरु भने क्षेत्रीय अधिवेशनबाटै पराजित भएका थिए। कांग्रेसमा जिल्ला सभापति हुनको लागि क्षेत्रवाट महाधिवेशन प्रतिनिधि चयन अनुपनेृ अनिवार्य व्यवस्था छ। 'यसपटकको अधिवेशनमा सन्तोषजनक रुपमा महाधिवेशन प्रतिनिधिमा महिलाहरुको चयन भएकाछन्' नेपाल महिला संघकी अध्यक्ष अम्विका बस्नेतले भनिन्, 'तर जिल्ला सभापतिमा भने महिलाहरु प्रतिस्पर्धी समेत हुन सेकनन्।'

बस्नेतका अनुसार महाधिवेशन प्रतिनिधि र महासमितिमा चयनमा महिला सहभागिता सन्तोषजनक भएकोले पनि सभापतिमा दावी नपरेको हो।

निर्वाचित जिल्ला सभापतिहरु

मेची अञ्चल

१. ताप्लेजुङ : केशवप्रसाद दाहाल

२. पाँचथर : नरेन्द्रकुमार केरुङ

३. इलाम : केशव थापा

४. झापा : उद्धव थापा

कोशी अञ्चल

५. संखुवासभा : तारामान गुरुङ

६. तेह्रथुम : गोविन्द ढुङगाना

७. भोजपुर : बालकृष्ण थापा

८. धनकुटा : मनोहरनारायण श्रेष्ठ

९. मोरङ : अमृत अर्याल

१०. सुनसरी : राजिव कोइराला

सगरमाथा अञ्चल

११. सोलुखुम्बु : आङ्गेलु शेर्पा

१२. खोटाङ : विष्णुकुमार राई

१३. ओखलढुंगा : प्रदिपकुमार सुनुवार

१४. उदयपुर : हिमाल कार्की

१५. सप्तरी :

१६. सिरहा :

जनकपुर अञ्चल

१७. दोलखा : ताराबहादुर कोइराला

१८. रामेछाप : रामचन्द्र खड्का

१९. सिन्धुली : मोहनप्रसाद बराल

२०. धनुषा :

२१. महोत्तरी :

२२. सर्लाही :

बागमती अञ्चल

२३. रसुवा :

२४. धादिङ : रामनाथ अधिकारी

२५. नुवाकोट : जगदिशनरसिह केसी

२६. काठमाडौं :

२७. भक्तपुर :

२८. ललितपुर : मदनबहादुर अमात्य

२९. काभ्रे : ४ गते

३०. सिन्धुपाल्चोक :

नारायणी अञ्चल

३१. मकवानपुर : रघुरमण न्यौपाने

३२. रौतहट : कृष्ण यादव

३३. बारा : ३० गते

३४. पर्सा :

३५. चितवन : विकास कोइराला

गण्डकी अञ्चल

३६. गोरखा : हरि घले

३७. मनाङ : टेकबहादुर गुरुङ

३८. लम्जुङ : कृष्णप्रसाद कोइराला

३९. कास्की : यज्ञबहादुर थापा

४०. तनहुँ : ध्रुव वाग्ले

४१. स्याङजा : कमल पंगेनी

लुम्बिनी अञ्चल

४२. गुल्मी : चन्द्र केसी

४३. पाल्पा : वीरबहादुर राना

४४.अर्घाखाँची : कमलप्रसाद भुषाल

४५. नवलपरासी : देवेन्द्रराज कडेल

४६. रुपन्देही : भदौ १

४७. कपिलवस्तु : राजेश आचार्य

धवलागिरी अञ्चल

४८. मुस्ताङ :

४९. म्याग्दी : रेशमबहादुर बाँनिया

५०. बाग्लुङ : प्रकाश पौडेल

५१. पर्वत : लालकाजि गुरुङ

राप्ती अञ्चल

५२. रुकुम : मानबहादुर नेपाली

५३. रोल्पा :  कृष्णबहादुर घर्ती मगर

५४. प्यूठान : सुभाष केसी

५५. सल्यान : गणेश चन्द

५६. दाङ : घनश्याम रेग्मी

कर्णाली अञ्चल

५७. डोल्पा :

५८. मुगु : ऐनबहादुर शाही

५९. जुम्ला : मानव सैजुवाल

६०. कालिकोट : कालिबहादुर साकारी

६१. हुम्ला : जयपति रोकाय

भेरी अञ्चल

६२. जाजरकोट :

६३. दैलेख : कृष्ण विसी

६४. सुर्खेत : तप्तबहादुर विष्ट

६५. बाँके : अरुण कोइराला

६६. वर्दिया : संजय गौतम

सेती अञ्चल

६७. बाजुरा :

६८. अछाम : पुष्पबहादुर शाही

६९. बझाङ :

७०. डोटी : वीरबहादेर वलायर

७१. कैलाली : नरनारायण शाह

महाकाली अञ्चल

७२. दार्चुला : महादेव बडू

७३. बैतडी : नरबहादुर चन्द

७४. डडेलधुरा : कर्णबहादुर मल्ल

७५. कञ्चनपुर : बहादुरसिंह थापा

No comments:

Post a Comment