Friday, August 13, 2010

एमआरपीमा सुजाताको अवरोध

लेखनाथ पाण्डे, काठमाडौं, साउन २९ -परराष्ट्रमन्त्री सुजाता कोइरालाले आफ्नै मन्त्रालयले अघि बढाएको एमआरपी छपाइका लागि कम्पनी छनोट प्रक्रिया 'अपारदर्शी' भएको भन्दै पुनरावलोकन गर्न माग गरेकी छन्।
मन्त्रिपरिषद बैठकमा कोइरालाले फ्रान्सको ओबरथर कम्पनीलाई एमआरपी छाप्न दिने मन्त्रालयको निर्णयमाथि छानबिन नभएसम्म आफूले एमआरपीको डिजाइन (वाटरमार्क) अनुमोदन नगर्ने बताइन्।
प्रधानमन्त्री माधवकुमार नेपालले एमआरपी छपाइ प्रक्रिया ढिला भएकोमा जिज्ञासा राखेपछि कोइराला एकाएक कड्किएकी थिइन्। उनको आवेग प्रधानमन्त्रीप्रति नभई आफ्नै मन्त्रालयका कर्मचारी र विशेषगरी सचिव मदन भट्टराईप्रति लक्षित थियो। (nagariknews)

No comments:

Post a Comment