Thursday, August 5, 2010

दीपक फुकुवा

काठमाडौं/ नेपाल तेक्वान्दो संघले दीपक विष्टमाथि लगाइएको दुई महिनाको प्रतिबन्ध बिहीबार फुकुवा गरेको छ । दक्षिण एसियाली खेलकुदका कीर्तिमानी खेलाडी विष्टलाई संघले गत ८ जेठमा अनुशासनको कारबाही गर्दै दुई महिना केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो । संघलाई कुनै जानकारी नदिई सिंगापुरमा हुने युथ ओलम्पिक खेलकुद प्रतियोगिताको सेभ द मिसनका रूपमा सहभागी भएपछि संघले अनुशासन तोडेको जनाउँदै उनलाई कारबाही गरेको हो । 'संघले निलम्बन गरेको समय समाप्त हुनुका साथै विष्टले सो अवधिमा कुनै किसिमका अनुशासनहीन काम नगरेका कारण निलम्बन फुकुवा गरेको छ,' संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नकआउट चरण रंगशालामा

काठमाडौं/ कोकाकाला अन्तरविद्यालय राष्ट्रिय छात्र तथा छात्रा फुटबल प्रतियोगिताको नकआउट चरणको अन्तिम खेलहरू दशरश रंगशालामा हुने भएको छ । रंगशालामा अन्तिम चरणको खेल २३ देखि ३० साउनसम्म हुने जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघका महासचिव धीरेन्द्र प्रधानले बताए । प्रतियोगिताको छात्र र छात्रा विजयी टोलीले समान दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले एक लाख तथा तेस्रोले ५० हजार रुपैयाँ जित्नेछन् । प्रतियोगिताको बजेट ३५ लाख रहेको छ ।

छात्रतर्फ निम्स, वीरेन्द्र सैनिक आवासीय महाविद्यालय विद्यालय, सिद्धार्थ वनस्थली स्कुल र श्रमिक शान्ति उच्च मावि, हरैचा मोडेल सेकेन्डरी स्कुल, हरैचा, मोरङ, भगवती उच्च माध्यमिक विद्यालय, बेलबारी, झापा, र लिटिल फ्लावर्स स्कुल, बिर्तामोड, सोसियल पब्लिक स्कुल, पोखरा, कास्की गण्डकी आवासीय उच्च मावि, लामाचौर, कास्की, सूर्य ज्योति उच्च मावि, मेहलकुना, सुर्खेत अन्तिम चरणका लागि छनोट भएका छन् । छात्रातर्फ राधिका उच्च मावि, उर्लाबारी, मोरङ जनज्योति उच्च मावि, रौतहट सफल भएका छन् । र छात्रातर्फ गण्डकी आवासीय उच्च मावि, लामाचौर, इन्भाइरेमेन्ट उच्च मावि, मणिग्राम, रूपन्देही अरनिको उच्च मावि, नवलपरासी, वाटर पार्क हाईस्कुल, नेपालगन्ज छनोट भएका छन् ।

आयोजक क्वाटरफाइनलमा

कास्की/ पोखराका ट्याक्सी व्यवसायीले सञ्चालन गरेको सेभेन 'ए' साइड फुटबल प्रतियोगितमा हेमजा, फेवाताल र आयोजक हस्पिटलचोक क्वाटरफाइलन प्रवेश गरेका छन् । दोस्रो चरणको खेलमा हेमजाले सडेनडेथमा भद्रकालीलाई हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । जमन जलारीको दुई गोलको मद्दतमा फेवातालले अमरसिंहलाई ३-१ ले हरायो । अर्को खेलमा आयोजक हस्पिटलले पुरानो बसपार्कलाई १-० ले निराश गर्‍यो । टोलीको जितमा एकमात्र गोल कुलचन्द्र गुरुङले गरेका थिए ।

यता बाहिरका खेलाडी टोलीमा समावेश गरेपछि मिनिट्रक इकाइ प्रतियोगिताबाट बाहिरियो । मनोज पाण्डेको दुई गोलमा बिरौटा ट्याक्सी इकाइले बसपार्क ट्याक्सी समितिलाई २-१ को अन्तरले पाखा लगायो । पहिलो चरणमा हरिचोकले बुद्ध चोकलाई हराएको थियो । सो खेलमा सूर्य भण्डारीले एकमात्र गोल गरेका थिए । (nayapatrika)

No comments:

Post a Comment