Thursday, August 5, 2010

नेपालका कारण भारतमा खतराः अमेरिका

काठमाडौ, श्रावण २१ - अमेरिकाले नेपालमा जारी राजनीतिक अस्थिरताले भारतमा गम्भीर आतंकवादको खतरा रहेको चेतावनी दिएको छ । राजनीतिक गतिरोधले निकास नपाएको अवस्थामा नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनका लागि सुरक्षित स्थान हुन सक्ने भन्दै अमेरिकाले दिल्लीलाई सचेत रहन भनेको हो ।

अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको आतंकवाद सम्बन्धी एक रिपोर्टमा नेपालको दक्षिणी सीमा क्षेत्रमा राज्यको शासन प्रभावकारी नहुनु, त्रिभुवन विमास्थलको सुरक्षा व्यवस्था विश्वासिलो नहुनु लगायत कारणले आतंकवादीलाई आकषिर्त गर्न सक्ने उल्लेख छ ।

रिपोर्टमा आतंकवादी संगठन लश्करे तोयवाका नेता मोहम्मद ओमर मदिनीले केही समय अघि दिल्ली हुँदै नेपालको भ्रमण गरेको दावी गरिएको छ । (कान्तिपुर)

No comments:

Post a Comment