रासस, लहान, श्रावण २९ २०६७ ११:०५ - स्थानीय विकास मन्त्रालयले मधेसी, पिछडावर्ग र मुस्लिमवर्ग उत्थान कार्यक्रमअन्तर्गत जिल्ला विकास समिति, सिरहालाई दिएको रकममध्ये लाखौ रूपैया भ्रष्टाचार भएको तथ्य
सार्वजनिक भएको छ ।
वि.सं. २०६६ पुसमा मन्त्रालयले पठाएको २५ लाख रूपैयाँमध्ये १५ लाख रूपैयाँ भ्रष्टाचार भएको र त्यसमा जिविस तथा पिछडावर्गका नेताहरूको संलग्नता रहेको आरोप पिछडावर्गकै नेताहरूले लगाएका छन् ।
पुस महिनामा आएको सो रकम पिछडावर्गका अध्यक्षद्वय भरतप्रसाद महतो र कौशलकुमार सिंहबीचको विवादले असार अन्त्यतिर कार्यक्रम नै सञ्चालन नगरी रकम खर्च गरेको बताइएको छ ।
पिछडावर्गका नेता र जिविसका कर्मचारी सम्मिलित असार २ गतेको बैठकबाट २५ लाख रूपैयाँ खर्च गर्ने निर्णय गरी रकम उनीहरूले लिएको पिछडावर्गका जिल्ला अध्यक्ष विजय यादवको आरोप छ ।
स्वास्थ्य शिविर सञ्चालन गर्ने चारलाख ५० हजार, सरसफाइ तालिममा एकलाख ६५ हजार, रेडियोमा कार्यक्रम सञ्चालनबापत एकलाख सात हजार, मुस्लिम समुदायको समाधिस्थल व्यवस्थापनमा तीनलाख र कार्यालय सञ्चालनमा दुईलाख ५२ हजार नौसय रूपैयाँ खर्च गरे अर्थात् २५ लाख रूपैयाँमध्ये १२ लाख ७४ हजार नौसय रूपैयााको नक्कली बिल भर्पाइबाट रकम भुक्तानी गरेको यादवको दाबी छ ।
'कार्यक्रम नै सञ्चालन नगरी स्थानीय रेडियोलाई एकलाख सातहजार रूपैयाा भुक्तानी गरेको देखिन्छ'- उनले भने ।
'हामीलाई कार्यक्रम सञ्चालन गर्न नौ लाख ५५ हजार रूपैयाँ दिएकामा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत अरुणकुमार साहले ७५ हजार रूपैयाँ कमिसन लिएरमात्र भुक्तानी गरे'-पिछडावर्ग महासङ्घका अध्यक्ष यादवकोे आरोप छ ।
आरोपको जिविसका कार्यक्रम अधिकृत साहले स्पष्ट जवाफ भने दिएनन् । (ekantipur)

No comments:
Post a Comment