Sunday, August 8, 2010

कामचलाउ सरकारका मन्त्रीले नक्कली भ्रमणको कागजात पेश गरे

विमल गौतम, काठमाडौं, साउन २३ - कामचलाउ सरकारका एक मन्त्रीले भ्रमणको नक्कली कागजात पेश गरेको फेला परेको छ। भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री मानबहादुर शाहीले प्रधानमन्त्रीको तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको कागजात नक्कली भेटिएको हो। उनले दुई जिल्ला भ्रमण गरेको र मातहतका निकायलाई निर्देशन दिएको समेत दावी गरेका थिए। उनले कैलाली र कन्चनपुरमा रहेका जिल्ला भूमिसुधार कार्यालयको अवलोकन गरेको उल्लेख गरेपछि मन्त्रिपरिषद्को कार्यालयले ती दुबै निकायसँग जानकारी मागेको थियो। दुबै ठाउँमा मन्त्री शाही नगएको जानकारी पाएपछि मन्त्रीको नियत सार्वजनिक भएको हो।

विशेष अवस्थामा मात्रै काम चलाउ सरकारका मन्त्रीले यस्ताखाले भ्रमण गर्न पाउने व्यवस्था छ। मन्त्रिपरिषद् स्रोतका अनुसार शाहीलाई कानुनी कारबाहीको लागि प्रधानमन्त्रीलाई आग्रह गरिनेछ। मन्त्री शाहीले भने आफूले दुबै जिल्ला घुमेको दावी गरेका छन्। (nagariknews)

No comments:

Post a Comment