हरि बहादुर सारुमगर
पाल्पा साउन २४
एकीकृत नेकपा माओवादीका सभासद तथा आदिवासी जनजाति सभाषदहरुको सभा ककसका संस्थापक संयोजक बर्षमान पुन अनन्तले पाचौँ चरणको निर्वाचनमा पार्टी अध्यक्ष पुष्पकमल दहालको जित हुने दावी गर्नु भएको छ ।
पुन मगरले मधेसवादी दलसँग गम्भीर छलफल भएकोले माओवादी र मधेसवादी गठबन्धनमा नयाँ सरकार बन्ने र काँग्रेस एमाले पनि सहभागी हुने विश्वास व्यक्त गर्नु भयो ।
आदिवासी जनजाति पत्रकार संघ अनिज पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भारतीय हस्तक्षेपले गर्दा नेपालमा सरकार बन्न ढिलाई भएको आरोप लगाउनु भयो । नेता पनमगरले भारतीय पूर्व राजदुत श्यामशरण नेपाल आएर राजनीतिक दलहरुलाई आपुनो पक्षमा पार्न धम्क्याउन खोजेपनि उनी सफल नभएको बताउनु भयो । उहाँले भारत गलत मनसायले नेपाल आउने गरेको भन्दै शरणको भ्रमणलाई त्यसैको निरन्तरता भएको दाबी गर्नु भयो ।
नेकपा एमाले र मधेशी मोर्चासंग सहकार्य र एकता हुने सम्भावना नजिक रहेपनि नेपाली कााग्रेससँग भने सरकार गठनको सम्बन्धमा मेल हुन नसक्ने उहाँको दावी थियो । नेता पुनले संविधान निर्माण प्रकि्रया र सेना समायोजन प्रकि्रया संगसंगै हुने समेत बताउनु भयो । शान्ति र संविधान सवै दलहरुको प्राथमिकतामा भएको तर कुनै पनि दलले यसलाई गम्भीरताका साथ नलिएको र ईमान्दारीता नभएको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो ।
विश्व आदिवासी दिवस कार्यक्रममा सहभागी हुन पाल्पा आउनु भएका सभाषद पुन मगरले मधेशबादी दलहरु सरकार गठन गर्ने बेलामा मात्र मोर्चा गठन गरि मधेशी मुद्धाहरुको बारेमा आवाज उठान गर्ने र सरकार गठन भएपछि त्यो सवै कुरा छोड्ने गरेकोले मधेश केन्द्रित आन्दोलनमा पनि ईमान्दारिता नभएको बताउनु भयो ।
यस अघि उहाँलॆ आदिवासी जनजातिहरुले उठाउदै आएको साझा सवाल र मागहरु प्रति राज्य गम्भिर हुन पर्ने बताउदै जनजाति आन्दोलनलाई साम्प्रदायिक ढंगले हेर्न नहुने बताउनुभयो । विश्व १६ औं आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद पाल्पाले आयोजना गरेको आम सभामा प्रमुख अतिथिको आशनबाट बोल्दै सभासद पुनले मुलुकमा जातिय भाषिक लैंगिक धार्मिक भौगोलिक विभेदलाई अन्त्य गर्दै आदिवासीहरुको मौलिक र राजनैतिक अधिकारलाई अव बन्ने नयाँ संविधानमा सुनिश्चित गराउन संस्थागत ढंगले सवै लागी पर्नु पर्ने बताउनुभयो । उहाँले जवसम्म आदिवासी जनजाति सभासदहरु पाटीको ह्वीप भन्दा माथी नउठे सम्म जनजातिहरुको साझा माग र अधिकारहरु सुनिश्ति नहुने विचार समेत राख्नुभयो । पुनले आदिवासी जनजातिको आन्दोलनलाई सार्थक निष्कर्ष पुर् याउन सवै एकजुट हुदै मुलुकको दिगो शान्ति र संविधान निर्माणमा बृहत राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएको बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाल्पाका अध्यक्ष गम बहादुर थापा र बल बहादुर गाहाको साचालनमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ पाल्पाका सल्लाहकार यशपाल शाक्य नेपाल आदिवासी जनजाति महासंघ पाल्पाका उपाध्यक्ष मानध्वज श्रेष्ठ नेपाल मगर संघका केन्द्रिय सदस्य लालु राना नेपाल मगर संघ पाल्प्ााका अध्यक्ष बल बहादुर राना बुद्धिजिवी निर्मल श्रेष्ठ राष्ट्रिय आिदवासी जनजाति महिला महासंघ पाल्पाका अध्यक्ष सौन्दर्यवती शाक्य नेपाल अदिवासी जनजाति विद्यार्थी महासंघ पाल्प्ााका अध्यक्ष राजकुमार आले नेकपा एमालेका ओम बहादुर घर्ती मगर राप्रपाका मायादेवी श्रेष्ठ पत्रकार सेनानी मेघराज शर्मा नेपाल पत्रकार महासंघ पाल्पाका सभापति भगवान भण्डारी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
Tuesday, August 10, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment