दीपेन्द्र बडुवाल
भरतपुर, श्रावण २१ - प्रहरीले चितवनका विभिन्न क्षेत्रबाट चोरिएका २० मोटरसाईकल फेला पारेको जनाएको छ ।प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरि फेला परेका मोटरसाईकल सार्वजनिक गरेको छ । प्रहरीका अनुसार दिनहुंजसो नगर क्ष्ाेत्रबाट मोटरसाईकल चोरिन थालेपछि कार्यालयले मोटरसाईकल खोजीको लागि विशेष टोली नै खटाएको थियो । टोलीले नै यि मोटरसाईकल फेला पारेको र विगत भन्दा जिल्लाको सुरक्ष्ाा स्थित निकै राम्रो भएको प्रहरीको भनाई छ ।
नक्कली बिलबुक बनाई चोरीको मोटरसाईकल चढेका ३ जनालाई प्रहरीले कार्यवाही अगाडी बढाएको छ । यसैबिच जिल्लामा लामो समय देखि लुटपाट, गुण्डागर्दी, खुकुरीप्रहारमा संलग्न कान्छी भन्ने यमबहादुर कार्की र भड्डु भन्ने कुमार गुरुङ्गलाई पक्राउ गरेेको जनाएको छ । जिल्लामा अपराधिक गतिविधि हुन नदिन तथा घटना हुनासाथ प्रहरी कारवाही गर्ने उद्येश्यले चितवन प्रहरीले चलाएको क्युआरटी -क्वीक रेस्पोन्स टिम) नगरको थप ६ स्थानमा खटाईने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । (ekantipur)
Friday, August 6, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment