Friday, August 6, 2010

प्रधानमन्त्रीलाई भोट हाल्ने दिन फुट्यो नेकपा माले

काठमाडौं, साउन २१ (नागरिक) - प्रधानमन्त्री चयन गर्ने चौथो चरणको निर्वाचनकै दिन नाटकीय रुपमा नेकपा (माले) विभाजित भएको छ। अघिल्लो चुनावमा फ्लोर क्रस गर्ने सभासद्सहित चार जना सभासद्ले मालेलाई औपचारिकरुपमा फुटाएर दाहाललाई भोट हाल्ने भएका छन् l

जगतबहादुर बोगटीको अध्यक्षतामा मालेबाट फुटेको समूहले नेकपा माले समाजवादीको गठन गरेका छन्। बोगटीका अनुसार संविधानसभामा सदस्य रहेका ८ मध्ये ४ सभासद्ले नयाँ पार्टीमा सहभागिता जनाएका छन्। यदुवंश झा, तिलक बहादुर थापामगर र सारदा नेपाली नयाँ दलमा गएका हुन्। नेपालीले अघिल्लो चुनावमा फ्लोरक्रस र दोस्रो चरणको निर्वाचनमा विष सेवन गरी चर्चामा आएकी थिइन्।

No comments:

Post a Comment